Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

images

  • 78
    Shares

    अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प
    images

    काठमाडौं । एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको छ । अब एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरुले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका हुन् । कम्पनीले उपभोक्ताको रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको जनाएको छ ।

    कम्पनीका अनुसार ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ ल्याइएको छ ।

    त्यस्तै, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको छ ।
    फरक स्वाद, आकर्षक नाम र विविध रोजाइको संयोजनले नयाँ उत्पादनलाई उपभोक्तामाझ थप रुचिकर बनाउने कम्पनीको विश्वास छ ।

    कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो । पाँच फरक फरक स्वादका ड्रिङ्कहरुको बिक्री वितरणसमेत सुरु भइसकेको छ । 

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १७:१३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij