Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक

images

  • 232
    Shares

    गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
    images

    काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टी विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ।

    आयोगको मंगलबार बसेको बैठकले थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भएको पुष्टि गरेका छन्।

    नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो। सोही निवेदनसँगै आवश्यक कागजातसमेत पेस गरिएको थियो।

    महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। आयोगको निर्णयसँगै उक्त कार्यसमितिले आधिकारिक रूपमा अद्यावधिक भएको मान्यता पाएको छ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १६:५६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij