२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बुधबार उक्त दुर्घटना भएको हो ।
गोरखाबाट पोखराका लागि छुटेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक ठोक्किएको गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको सामान्य छ । घाइतेहरुको तनुहँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसचालक ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ रहेका बढी घाइते भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij