२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । बागमती प्रदेश सभाको चालु आठौँ अधिवेशनअन्तर्गतको १९औँ बैठक आगामी मंसिर १५ गते मंगलबार बोलाइएको छ ।
प्रदेश सभा सचिवालयले सूचनापत्र जारी गर्दै मंसिर १५ गते दिउँसो १ बजे बैठक आह्वान गरिएको जानकारी दिएको हो। प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय उपसभामुखले बैठकको मिति र समय निर्धारण गरेको सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलद्वारा मंसिर ९ गते जारी सूचनामा प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई बैठकसम्बन्धी जानकारी गराइएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij