२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् परियोजनाअन्तर्गत कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरिएको छ।
गोरखाको सिउरेनीटारमा बुधबार सभामुख डीपी अर्यालले आवास भवनको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी थिए।
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण रजौरियाका अनुसार आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको छ।
उनका अनुसार हाल कार्यालय तथा आवास भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो। सभामुख अर्यालले सोही अवसरमा पक्की पुलको समेत शिलान्यास गरेका छन्।
आयोजनासम्बन्धी पूर्वाधार निर्माणको काम अघि बढेसँगै बुढीगण्डकी परियोजनाको तयारीले गति लिने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij