Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

images

  • 92
    Shares

    चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ ।    

    अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक उत्पादन अत्यधिक बढेको विषयमा गरेको अनुसन्धानको नतिजा आगामी दिनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।   

    यससम्बन्धी जानकारी दिएका दुई व्यक्तिले नयाँ कर लागू हुने समय परिवर्तन हुनसक्ने बताएका छन् । ह्वाइट हाउसका अनुसार अनुदानका कारण सस्तो सामानको अत्यधिक उत्पादन र निर्यात हुँदा अमेरिकी उद्योगहरू प्रतिस्पर्धामा कमजोर भएका छन् ।

    प्रस्तावित कर अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा असंवैधानिक ठहर गरेका व्यापक आयात शुल्कको विकल्पका रूपमा ल्याउन लागिएको हो । अमेरिकी व्यापार ऐन, १९७४ को धारा ३०१ अन्तर्गत भइरहेको अनुसन्धानले अमेरिकी व्यापारमाथि भेदभाव गर्ने देशविरुद्ध शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिन्छ ।  

    नयाँ शुल्कको दर स्पष्ट भइसकेको छैन । तर यसअघि घोषणा गरिएका १० देखि १२.५ प्रतिशतका शुल्कमाथि थपिने अपेक्षा गरिएको छ ।

    चीनको विशाल औद्योगिक उत्पादन क्षमता र कमजोर घरेलु मागका कारण कम्पनीहरू विदेशी बजारमा निर्भर हुन थालेका छन् । सवारीसाधन, सौर्य प्यानल, सिमेन्ट र इस्पातजस्ता क्षेत्रमा चीनको बढ्दो उत्पादनले व्यापारिक साझेदारहरूको चिन्ता बढाएको छ । गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी १२ खर्ब अमेरिकी डलर पुगेको थियो । 

    ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै सेन्झेनमा भेटवार्ता भए पनि व्यापार घाटा दुई देशबीचको प्रमुख विवाद बनेको छ । सी अर्को महिना फ्लोरिडामा हुने समूह २० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । 

     

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १२:५५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij