Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र देश छाड्न उत्तर कोरियाको आदेश

स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र देश छाड्न उत्तर कोरियाको आदेश

images

  • 435
    Shares

    स्विस कूटनीतिक अधिकारीलाई ४८ घण्टाभित्र देश छाड्न उत्तर कोरियाको आदेश
    images

    काठमाडौं । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ। स्विट्जरल्यान्डले उत्तर कोरियाको बाल शिविरलाई प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो।

    उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो।

    उत्तर कोरियाली विदेश मन्त्रालयअन्तर्गत युरोपेली विभागका महानिर्देशक पाक ह्योन सुले एस्टियरलाई बोलाएर कूटनीतिक कार्यालय बन्द गर्न आग्रह गरिएको ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

    उत्तर कोरियाले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई प्रतिबन्धको सूचीमा राख्ने स्विस अधिकारीहरूको निर्णयलाई आफ्नो कदमको कारण बताएको छ। उक्त शिविरमा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रबाट ल्याइएका बालबालिकालाई प्रभावित पार्ने गतिविधिमा सहयोग गरेको आरोप लागेको छ।

    यसअघि उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले स्विट्जरल्यान्डको निर्णयको निन्दा गर्दै प्योङयाङस्थित कूटनीतिक कार्यालय बन्द गर्ने चेतावनी दिएकी थिइन्।

    उक्त शिविरमा चिनियाँ र रुसी बालबालिकाले समेत सहभागिता जनाउँदै आएका छन्।

    उत्तर कोरियासँग वार्ता र कूटनीतिक सम्बन्ध कायम राख्ने सीमित पश्चिमी मुलुकमध्ये स्विट्जरल्यान्ड पनि एक हो। केही साताअघि स्विस विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गरी दुई देशबीचको सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गरेका थिए।

    हाल उत्तर कोरियास्थित स्विस कूटनीतिक कार्यालयले बेइजिङस्थित स्विट्जरल्यान्डको दूतावासलाई प्रतिवेदन बुझाउँदै आएको छ। उत्तर कोरियासँगका कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी काम पनि उक्त दूतावासले नै सम्हालिरहेको छ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - ११:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij