२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरेको छ।
बुधबार ‘पत्रकारलाई पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासङ्घले धर्ना कार्यक्रम गरेको हो।
महासङ्घले बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे काठमाडौंको बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको थियो।
पत्रकारहरूलाई पटक–पटक पक्राउ गर्ने कार्यको विरोध गर्दै महासङ्घले सामूहिक गिरफ्तारीको मागसहित विरोध प्रदर्शन गरेको जनाएको छ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij