२०८३ मंसिर ९ गते बुधवार
नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ।
नवनियुक्त आईजीपी मनोज केसीले मंगलबार ६० जिना एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।
पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरुवा सुचि अनुसार बारामा कुमार विक्रम थापालाई पठाइएको छ।
त्यसैगरी मोरङमा दिलीप कुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ।
त्यसैगरी पर्सामा यसअघि काज सरुवा भएका पवन कुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ भने बर्दियामा बाल नरसिंह राणालाई सरुवा गरिएको छ । धादिङमा भरत लामा, कास्कीमा मोहन बहादुर खाण र कैलालीमा यादव ढकाललाई सरुवा गरिएको छ।
त्यसैगरी पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको निर्णयमा उल्लखेक छ।
दाङमा श्यामु अर्याललाई जिम्मेवारी तोकिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij