Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

चाया नहटेर हैरान हुनुहुन्छ ? यसरी घरमै बनाउनुहोस् स्याम्पू

चाया नहटेर हैरान हुनुहुन्छ ? यसरी घरमै बनाउनुहोस् स्याम्पू


  • 281
    Shares

    • images
    चाया नहटेर हैरान हुनुहुन्छ ? यसरी घरमै बनाउनुहोस् स्याम्पू

    काठमाडौं । जाडो मौसममा धेरैलाई आइपर्ने एक साझा समस्या हो– कपालमा चाया पर्नु । यो समयमा हावामा आर्द्रता कम हुँदा छाला सुख्खा हुन सक्छ, जसले टाउकोको छालामा पनि सुख्खापन बढ्छ् । यसले चिलाउने समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा चाया पर्नु सामान्य हो ।

    यो आम समस्या भए पनि यसलाई बेवास्ता गर्दा पछि गएर कपाल झर्ने समस्या पनि हुन सक्छ । चाया हटाउनका लागि हामी बजारमा ‘एन्टी-डन्ड्रफ’ स्याम्पूको खोजीमा दौडिन्छौँ । किनेर पनि ल्याउछौँ तर तिनले भनेजस्तो काम गरिरहेको हुँदैन ।

    यस्तो समस्याबाट हैरान हुनुभएको छ भने हाम्रो घर, करेसाबारी तथा वरपर उलब्ध हुने सामग्री प्रयोग गरेर चायाले सामग्री बनाउन सकिन्छ ।

    घरमै ‘एन्टी-डन्ड्रफ’ स्याम्पू कसरी बनाउने ?

    घरमै बनाइएको स्याम्पूको सबैभन्दा राम्रो पक्ष भनेको यसबाट कुनै नकारात्मक असर पर्ने सम्भावना धेरै कम हुन्छ ।

    आवश्यक सामग्रीहरू

    शिकाकाई : ३–४ दाना यसलाई ठाउँअनुसार अमिली काँडा वा अन्य नामले पनि चिनिन्छ ।

    रिठ्ठा : ४–५ दाना

    निमको पात : ८-१० वटा

    घ्यूकुमारिको पात : एक-दुई वटा

    मेथीको दाना : १ चम्चा

    पानी : २–३ कप

    बनाउने विधि

    -सबैभन्दा पहिले सिकाकाई, रिठ्ठा र मेथीको दानालाई रातभर पानीमा भिजाउने ।

    -भोलिपल्ट एउटा ठूलो भाँडो यी सबैलाई राखेर २–३ कप पानी हाली उमाल्ने

    -कम्तीमा १०–१५ मिनेटसम्म कम आगोमा उमाल्ने र यसरी उमालेपछि यी सबैको मिश्रण पानीमा जम्मा हुन्छ ।

    –त्यसपछि निकालेर सेलाउन दिने ।

    –सेलाएपछि त्यसमा रहेका रिठ्ठा र शिकाकाई दानाहरूलाई निकाल्ने अनि बाँकी रहेको मिश्रणलाई मिक्सरमा पिसेर मसिनो बनाउने

    –यो घोललाई छानेर र त्यसमा २ चम्चा घ्युकुमारीको जेल राम्ररी मिसाउने

    –यसपछि ‘एन्टी-डन्ड्रफ’ स्याम्पू प्रयोगका लागि तयार भयो ।

    कसरी प्रयोग गर्ने ?

    कपाल धुने बेलामा, १–२ चम्चा स्याम्पूलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुहोस्

    यसलाई २–३ मिनेटसम्म रहन दिनुहोस्, अनि पानीले कपाल पखाल्ने क्रममा टाउकोको छालामा हल्का गरी माड्नुहोस् । त्यसपछि, पानीले कपाललाई राम्ररी पखाल्नुहोस् ।

    यो स्याम्पू हप्तामा दुई पटक प्रयोग गर्न सकिन्छ । यसले चाया हटाउन र कपाललाई चम्किलो बनाइराख्न मद्दत गर्छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १६:१२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij