Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

गोरखामा आयो अचानक ठूलो हावाहुरी, विद्यालय र घरका छाना उडे

गोरखामा आयो अचानक ठूलो हावाहुरी, विद्यालय र घरका छाना उडे


  • 183
    Shares

    • images
    गोरखामा आयो अचानक ठूलो हावाहुरी, विद्यालय र घरका छाना उडे

    काठमाडौं । आज बिहान चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ।

    हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन्। 

    स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ। कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनले बताइन्। 

    ‘आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ’, उनले भनिन्, ‘बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ।’ हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङले बताइन्। 

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १०:०२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij