Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

नेपाल-भारतबीच समझदारी

यी हुन् नेपाल र भारतबिच भएका आठ समझदारी (सूचीसहित)

यी हुन् नेपाल र भारतबिच भएका आठ समझदारी (सूचीसहित)


  • 281
    Shares

    • images
    यी हुन्  नेपाल र भारतबिच भएका आठ समझदारी (सूचीसहित)

    काठमाडौं ।  प्रधानमन्त्री बालेनको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबिच  आठ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएका छन्  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेनको उपस्थितिमा  प्राविधिक, शैक्षिक, प्रशासनिक, स्वास्थ्य, सञ्चार तथा कृषि क्षेत्रको विकासमा समझदारी भएका हुन् । 

    भ्रमणका क्रममा सुरक्षा संयन्त्रको आधुनिकीकरण र अपराध अनुसन्धानको क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै दुई वटा छुट्टाछुट्टै शैक्षिक तथा तालिमसम्बन्धी समझदारी भएका छन् । जसअनुसार भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय

    १. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।

    २. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।

    ३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।

    ४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।

    ५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।

    ६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।

    ७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।

    ८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।

     

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १५:०१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij