Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

जलवायु परिवर्तनको असरसँग जुध्न ‘रिचार्ज काठमाडौं अभियान’ सुरू

जलवायु परिवर्तनको असरसँग जुध्न ‘रिचार्ज काठमाडौं अभियान’ सुरू


  • 155
    Shares

    • images
    जलवायु परिवर्तनको असरसँग जुध्न ‘रिचार्ज काठमाडौं अभियान’ सुरू

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह’ को उद्घाटनका अवसर पारेर आजै राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ को सुरुआत गरेको छ।

    कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले संयुक्त रूपमा अभियानको थालनी गरेका हुन् ।

    अभियानको संयुक्त उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री श्रेष्ठ र मुख्यमन्त्री थापाले स्थानीय तहको पहलमा सुरु भएको यो प्रयास प्रशंसनीय रहेको बताउँदै सङ्घीय र प्रदेश सरकारको तर्फबाट पनि सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

    सो अवसरमा कार्यवाहक मेयर डंगोलले अब पनि ‘गरौँला-हेरौँला’ भनेर बस्ने समय नभएको बताउँदै काममै उत्रिनुपर्छ भन्ने सन्देश दिन कार्य सप्ताह आयोजना गरिएको स्पष्ट पारिन्। महानगरपालिकाभरिका विद्यालयहरूमा कहाँ-कहाँ पानी रिचार्ज गर्न सकिन्छ भन्नेबारे अध्ययन भइसकेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरिन्।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयरको हैसियतमा मात्र नभई साझा पृथ्वीको एक नागरिकको हैसियतमा यो अभियानलाई कार्यान्वयनमा लैजाने अठोट जनाइन्। जलवायु परिवर्तनको असरबाट उत्पन्न विपद् र त्यसबाट भएको क्षतिमा महानगरपालिकाले विगतमा सक्दो सहयोग गरेको स्मरण गर्दै उनले सबै मिलेर क्षति न्यूनीकरणका प्रयास थाल्नुको विकल्प नरहेको उल्लेख गरिन् ।

    कार्यक्रममा भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिकाका प्रमुख, हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष, काठमाडौं उपत्यकाका नागार्जुन, भक्तपुर, बूढानीलकण्ठ र चन्द्रागिरि नगरपालिकाका प्रमुख तथा तराईको बारास्थित निजगढ नगरपालिकाका प्रमुखलाई एकै ठाउँमा राखेर त्यहाँका बासिन्दाले भोग्नुपरेको जलवायु परिवर्तनको असरलगायत विषयमा अनुभव आदानप्रदान गरिएको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १४:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij