Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

मौसम पूर्वानुमान

आज यी प्रदेशका एक–दुई स्थानमा पर्छ पानी

आज यी प्रदेशका एक–दुई स्थानमा पर्छ पानी


  • 176
    Shares

    • images
    आज यी प्रदेशका एक–दुई स्थानमा पर्छ पानी

    काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । 

    कोसी प्रदेशलगायत देशको हिमाली भू–भागमा आंशिक बदल लागेको छ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    विभागका अनुसार, आइतबार (मंसिर ६) दिउँसो मधेस र कोसीलगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशको तराई भू–भागका साथै मधेसको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति, देशको हिमाली क्षेत्रमा साथै कोसी प्रदेशको तराई क्षेत्रमा र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने विभागले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - ०७:२२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij