२०८३ मंसिर ३ गते बिहिवार
चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज पहिलोपटक त्रिपक्षीय बैठक हुँदै छ।
यसका लागि ट्रम्प र पुटिन बुधबार राति नै चीन पुगिसकेका छन्। त्यही रात ऐतिहासिक भेट गरेका विश्वका ३ शक्तिशाली नेताले आज औपाचरिक रूपमा त्रिपक्षीय भेटवार्ता गर्ने भएका हुन्।
दोस्रो विश्वयुद्धपछि यो शीर्ष तीन देशका नेताहरूको पहिलो त्रिपक्षीय बैठक हुनेछ।
यस बैठकमार्फत चीनले आफूलाई एक शक्तिका रूपमा चित्रण गर्न चाहन्छ, जसले संयुक्त राज्य अमेरिका र रुसजस्ता प्रमुख देशहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छ।
सी संसारलाई र विशेष गरी आफ्नै जनतालाई देखाउन चाहन्छन्- आफ्नो नेतृत्वमा चीनको भूमिका विश्वमा ठुलो र अन्य देशले चीनका कुरा सुन्छन् र चीनलाई सम्मान गर्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij