Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्च सेन्टर

सन् २०३५ सम्ममा विश्वभर क्रिश्चियनभन्दा धेरै मुस्लिम हुने

सन् २०३५ सम्ममा विश्वभर क्रिश्चियनभन्दा धेरै मुस्लिम हुने


  • 246
    Shares

    • images
    सन् २०३५ सम्ममा विश्वभर क्रिश्चियनभन्दा धेरै मुस्लिम हुने

    काठमाडौं । सन् २०३५ सम्ममा विश्वभर मुस्लिम धर्मावलम्बीको सङ्ख्या क्रिश्चियनहरूको भन्दा धेरै हुने देखिएको छ। 

    अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको जनसाङ्ख्यिक प्रक्षेपण प्रतिवेदनले विश्वव्यापी रूपमा क्रिश्चियन धर्मावलम्बीलाई पछि पार्दै मुस्लिम समुदाय सबैभन्दा ठुलो धार्मिक समूह बन्ने देखाएको हो।

    प्रतिवेदन अनुसार दुवै धर्म मान्नेहरूको सङ्ख्या निरन्तर वृद्धि हुने क्रममै रहनेछ। सन् २०२० देखि २०७० सम्मको पाँच दशकको अवधिमा मुस्लिमहरूको सङ्ख्या ८० प्रतिशतले बढेर २ अर्ब २ करोडबाट ३ अर्ब ६४ करोड पुग्ने अनुमान गरिएको छ।

    सोही अवधिमा क्रिश्चियनहरूको सङ्ख्या भने विश्वव्यापी जनसङ्ख्या वृद्धिसँग मिल्दोजुल्दो अनुपातमा ३० प्रतिशतले मात्र बढेर २ अर्ब ९६ करोड पुग्ने आकलन छ। अन्य प्रमुख धार्मिक समूहहरूको तुलनामा मुस्लिमहरूको वृद्धिदर सबैभन्दा तीव्र रहने प्रक्षेपण गरिएको छ।

    जनसङ्ख्या वृद्धिको ठुलो हिस्सा हाल मुस्लिम बाहुल्य रहेका मुलुकहरूमा नै केन्द्रित हुने देखिएको छ। विश्वभर रहेका ५३ वटा मुस्लिम बहुल देशहरूमा सन् २०७० सम्म १ अर्ब २० करोड मुस्लिम जनसङ्ख्या थपिनेछ, जुन कुल विश्वव्यापी वृद्धिको करिब ७४ प्रतिशत हो।

    एजेन्सी

    interactive-which-religions-are_bx5AEWoWaf.webp

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १५:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij