२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायी सहभागी हुने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार उद्योगी व्यवसायीको टोली प्रधानमन्त्री शाहसँगै नयाँ दिल्ली जानेछ।
भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, नीरज काफ्ले र शिवकुमार अग्रवाल रहेका छन्।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह पनि टोलीमा सहभागी हुँदैछन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि भारत जाने सूचीमा छन्।
ऊर्जा तथा निर्माण क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, पुष्कर पौडेल र नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे भ्रमण टोलीमा छन्।
त्यसैगरी, निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य र नेपाल कफी व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज श्रेष्ठ पनि टोलीमा सहभागी हुनेछन्।
विभिन्न व्यावसायिक घरानाबाट विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, यमुना श्रेष्ठ, सचिन ढकाल, कल्याण गुरुङ, जीवानाथ लामिछाने, सञ्जय शाक्य, दीपक थापा, नितेश मालपानी, टुकप्रसाद पौडेल, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास र राजनकुमार बन भारत जाने सूचीमा छन्।
पर्यटन तथा अटोमोबाइल क्षेत्रबाट होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती सहभागी हुँदैछन्।
यस्तै, नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) का उपाध्यक्ष विभूषण विष्ट, नेपाल औषधि उत्पादक सङ्घबाट अर्जुनकुमार श्रेष्ठ, गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासङ्घकी अध्यक्ष शोभा गुरुङ, महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ र सचिव दिकिला शेर्पा लामा पनि भ्रमण टोलीमा छन्।
त्यसैगरी, नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी, उपाध्यक्ष करण चौधरी र नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमनारायण पराजुली पनि दिल्ली जानेछन्।
प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रको सहभागिताले दुई देशबीच व्यापार, लगानी, ऊर्जा, पर्यटन तथा औद्योगिक सहकार्य विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij