२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यवसायी टोली पनि भारत जाने भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयका अनुसार व्यवसायीहरूको टोली आफ्नै खर्चमा प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन लागेको हो ।
प्रधानमन्त्रीको औपचारिक भ्रमण टोली भने ३४ सदस्यीय रहने मन्त्रालयले जनाएको छ । यसरी प्रधानमन्त्रीको भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रका व्यवसायीहरू पनि भारत जाने भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij