Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

निर्वाचन आयोगमा शीर्ष नेताहरूको बैठक, रवि, गगन, ओली र प्रचण्ड सहभागी हुँदै

निर्वाचन आयोगमा शीर्ष नेताहरूको बैठक, रवि, गगन, ओली र प्रचण्ड सहभागी हुँदै


  • 372
    Shares

    • images
    निर्वाचन आयोगमा शीर्ष नेताहरूको बैठक, रवि, गगन, ओली र प्रचण्ड सहभागी हुँदै

    काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ ।

    आयोगले शुक्रबार बिहान ११ बजेपछि दलका सभापति तथा अध्यक्षहरूसँग छलफल गर्न लागेको हो । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् ।

    रास्वपाका प्रवक्ता जगदीश खरेल, कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले आ–आफ्ना दलका शीर्ष नेता छलफलमा सहभागी हुने पुष्टि गरेका छन् । प्रचण्डको सचिवालयले पनि उनी आयोग जाने जनाएको छ ।

    आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै चरणमा गर्ने भन्ने विषयमा राजनीतिक दलहरूको धारणा बुझ्न छलफल गर्न लागेको हो । छलफलबाट निर्वाचन सञ्चालन र व्यवस्थापनका विषयमा दलहरूको सुझाव लिने आयोगको तयारी छ ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - ११:३१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij