२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त आवासीय राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनी दिल्ली पुगेको दुई दिनमै ओहोदाको प्रमाणपत्र बुझाउने पहिलो नेपाली राजदूत बनेका छन् ।
भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायका अनुसार यसअघि छोटो समयमै ओहोदाको प्रमाणपत्र बुझाउने अवसर अन्य नेपाली राजदूतले पाएका थिएनन् ।
नेपालबाट नियुक्त भएर भारत पुगेका विगतका राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाउन डेढ महिनादेखि तीन महिनासम्म कुर्नुपरेको इतिहास छ । यसपटक भने पाण्डेले दिल्ली पुगेको दुई दिनमै प्रमाणपत्र बुझाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij