२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन् ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मोरङ, झापा, सर्लाही, रुपन्देही, दाङ र जाजरकोटमा भएका दुर्घटनामा ९ जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा परी सबैभन्दा धेरै मधेस प्रदेशमा ३९ जना घाइते भएका छन् । त्यस्तै, लुम्बिनीमा २५, कोसीमा २३, कर्णालीमा २१, काठमाडौं उपत्यकामा २०, बागमतीका अन्य जिल्लामा ९, सुदूरपश्चिममा ८ र गण्डकी प्रदेशमा ३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार देशभर सवारी दुर्घटनाबाट हुने मानवीय क्षति र घाइतेको संख्या उल्लेख्य रहेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij