Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई दुई लाख राहत

कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई दुई लाख राहत


  • 281
    Shares

    • images
    कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई दुई लाख राहत

    काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरुप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए ।

    “बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ”, उनले भने, “पछि शोधभर्ना हुनेगरी सम्बन्धित पालिकालाई राहत रकम उपलब्ध गराउन भनिसकेका छौँ ।” उनले समितिको निर्णयअनुसार २६ परिवारलाई जनही रु दुई लाखका दरले रु ५२ लाख राहत रकम प्राधिकरणसँग माग गरिएको बताए । 

    प्रजिअ कोइरालाका अनुसार बाढीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ, बेदकोट र बेलौरी नगरपालिकाका तीन/तीन, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाकाका पाँच र लालझाडी गाउँपालिकाका एक जना बेपत्ता छन् । 
     

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १३:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij