Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

बर्खास्ती फुकुवाको माग गर्दै एआईजी दाहालले दिए पुनरावेदन

बर्खास्ती फुकुवाको माग गर्दै एआईजी दाहालले दिए पुनरावेदन


  • 183
    Shares

    • images
    बर्खास्ती फुकुवाको माग गर्दै एआईजी दाहालले दिए पुनरावेदन

    काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले आफ्नो बर्खास्तीविरुद्ध पुनरावेदन निवेदन दिएका छन् ।

    स्रोतका अनुसार दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्मा रहेको छ ।

    मन्त्रिपरिषद्ले यसअघिको निर्णयलाई नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । हालको कानुनी प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले जनाएको छ ।

    संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा सरकारले गत असोज २३ गते दाहाललाई बर्खास्त गरेको थियो । बिचौलिया भनिएका इनम सापकोटासँग उनको सम्बन्ध देखिएको र प्रधानमन्त्रीसम्बन्धी संवेदनशील सूचना चुहाएको आरोप उनीमाथि लागेको थियो ।

    इनम पक्राउ परेपछि उनको मोबाइलबाट एआईजी दाहालसँगको सम्पर्क देखिएको थियो । त्यसपछि इनमलाई संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो । घटनाबारे छानबिन गर्न एआईजी अञ्जनीकुमार पोखरेललाई जिम्मेवारी दिइएको थियो ।

    छानबिनपछि प्रहरीले पालना गर्नुपर्ने पदीय आचरणअनुसार काम नगरेको भन्दै सरकारले असोज २३ गते दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

    यस घटनासँग जोडिएको अर्को विषय पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ पनि हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज ११ गते जबरालाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी करिब १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर सोधपुछ गरिएको थियो ।

    जबरालाई पक्राउ गरेलगत्तै एआईजी दाहालले प्रहरी हिरासतमा पुगेर भेटेको विषयसमेत सार्वजनिक भएको थियो । यही घटनाक्रम र इनम सापकोटासँगको सम्पर्कलाई लिएर दाहालमाथि कारबाही गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १२:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij