Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

राष्ट्रिय हितको मुद्दा उठाउँदै माइतीघरमा जेन्जी अभियानको प्रदर्शन (तस्बिरहरु)

राष्ट्रिय हितको मुद्दा उठाउँदै माइतीघरमा जेन्जी अभियानको प्रदर्शन (तस्बिरहरु)


  • 197
    Shares

    • images
    राष्ट्रिय हितको मुद्दा उठाउँदै माइतीघरमा जेन्जी अभियानको प्रदर्शन (तस्बिरहरु)

    काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै विरोध जनाएको छ ।

    अभियानले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पम्प्लेट वितरण गर्दै तिब्बती गतिविधि, दलाई लामासम्बन्धी गतिविधि तथा एक चीन नीतिविपरीतका क्रियाकलाप बढिरहेको आरोप लगाएको हो । 

    अभियानका अजय सोडारीले नेपाललाई विदेशी हस्तक्षेपको रणभूमि बनाउन खोजिएको आशङ्का व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरे । दलाई लामाका प्रतिनिधिहरू काठमाडौं आएको विषयप्रति आपत्ति जनाउँदै उनले नेपालको राष्ट्रिय हितविपरीतका गतिविधि स्वीकार्य नहुने बताए ।

    त्यस्तै, लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त छुइङ डोल्माको नियुक्तिप्रति पनि अभियानले विरोध जनाएको छ । डोल्माको नागरिकता तथा सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठाउँदै सरकारले सुनुवाइ नगरेको सोडारीको आरोप छ ।

    अभियानले उक्त विषयमा निरन्तर आवाज उठाउने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । 

    dalai-lama-protest-3_BueAUOiSbE-Photoroom.png

    gtg.jpg 

    dalai-lama-protest-5_1i2WnTNHQz-Photoroom.png

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १५:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij