२०८३ मंसिर २ गते बुधवार
रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान 'एएन-१२' दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
रुस सञ्चारमाध्यमी 'इजवेस्टिया'का अनुसार विमान उडिरहेका बेला सिधै जमिनमा खस्यो र आगो लाग्यो। यद्यपि दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन।
सरकारी समाचार संस्था 'आरआईए'ले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक अध्ययनमा दुर्घटनाको कारण प्राविधिक गडबडी भएको उल्लेख गरेको छ।
मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उक्त विमान मानिसको बसोबास नभएको क्षेत्रमा खसेको थियो। सीएनएन, बीबीसी, रोयटर्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त विमान दुर्घटनाको खबर लेखेका छन्।
त्यो विमान सैन्य कर्मचारी, हतियार, गोला बारुद र अन्य आवश्यक आपूर्ति ओसारपसारमा प्रयोग गरिन्थ्यो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij