Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते सुनुवाइ

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते सुनुवाइ


  • 239
    Shares

    • images
    दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते सुनुवाइ

    काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा आगामी मंसिर ७ गते अन्तरिम आदेशबारे छलफल गर्ने भएको छ।

    सर्वोच्च अदालतका प्रवक्ता डा. अशोक क्षेत्रीका अनुसार उक्त दिन रिट निवेदक र सरकारबीच अन्तरिम आदेशको मागबारे सुनुवाइ हुनेछ। यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि निर्णय कार्यान्वयन रोक्न माग गरिएको अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

    कार्कीले आफूलाई सुनुवाइको अवसर नदिई गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै गत कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। मन्त्रिपरिषद्ले आईजीपीबाट हटाएपछि मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

    अब मंसिर ७ गते हुने दुई पक्षीय सुनुवाइपछि मनोज केसीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा अदालतले निर्णय गर्नेछ।

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १५:५४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij