Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

एक सातादेखि बेपत्ता पुरुषको शव फेला

एक सातादेखि बेपत्ता पुरुषको शव फेला


  • 64
    Shares

    • images
    एक सातादेखि बेपत्ता पुरुषको शव फेला

    काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक नजिकैको पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला परेको छ ।

    बुधबार पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमार रहेको प्रहरीले जनाएको छ ।

    परिवारका अनुसार चमार भाइटीकाको भोलिपल्टदेखि सम्पर्कविहीन थिए । मजदुरीका क्रममा कतै बसेको हुन सक्ने आशंकामा परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिएनन् ।

    इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक दीपक खरेलको नेतृत्वमा पुगेको टोलीले शव पोखरीबाट निकालेको थियो । प्रहरीका अनुसार शवको अवस्था हेर्दा करिब एक साताअघि नै पोखरीमा रहेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

    मृत्युको कारण भने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १६:०३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij