Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो

अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो


  • 36
    Shares

    • images
    अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो

    काठमाडौं । बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा थप एकजना गरी ४ जनाको मृत्यु भएको छ ।

    सोमबार अन्दाजी १०:२० बजे टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा ४ जनाको टोली खटिएको थियो । 

    उक्त टोली घटनास्थल पुगेर खोज तथा उद्धार कार्यमा जुटेको थियो भने इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा ४ जनाको टोलीसमेत घटनास्थलतर्फ गएको थियो ।

    थप खोजी तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

    दुर्घटनामा परी घटनास्थलमा तीन जनाको शव फेला परेकोमा थप खोजीका क्रममा बुङ्गल नगरपालिका–१० बस्ने अन्दाजी ४ वर्षीया रियास महरा, अन्दाजी ३५/४० वर्षीया राजमति महरा, अन्दाजी १५/१६ वर्षीया तारा महरा, अन्दाजी ५/६ वर्षीया डल्ली महरा, ४ वर्षीय रियास महरा, को शवसमेत फेला परेको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।

    ऐ.ऐ.बस्ने  १२/१३ वर्षीय बिक्रम महरा सकुशल घरतर्फ गएको प्रहरीले जनाएको छ ।  अटो भने घटनास्थलमै रहेको छ । 

    अटो चालक जिल्ला बझाङ, बुङ्गल नगरपालिका–११ बस्ने २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १४:५९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij