Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

नेपाल टेलिकमको नयाँ सुविधा : सेट टप बक्सबिनै एनटीटीभी हेर्न मिल्ने

नेपाल टेलिकमको नयाँ सुविधा : सेट टप बक्सबिनै एनटीटीभी हेर्न मिल्ने


  • 253
    Shares

    नेपाल टेलिकमको नयाँ सुविधा : सेट टप बक्सबिनै एनटीटीभी हेर्न मिल्ने
    images

    काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभी अन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरुले सेट टप बक्स बिना नै सेवा प्रयोग गर्न सक्नु हुने भएको छ । कम्पनीले आज (२०८३ असोज १५) देखि हाललाई एन्ड्रोइड टीभीको लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको छ ।  

    ग्राहकहरुले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नु हुनेछ । ग्राहकहरुले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नु हुनेछ । साथै, निकट भविष्यमा सबै स्मार्ट टीभीहरुमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको छ ।

    नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिएमा रु. १००० छुट उपलब्ध हुने व्यवस्था गरिएको छ । 

    नेपाल टेलिकमको एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्स सहितको टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजहरुमा मोबाइल डाटा सुविधा समेत उपलब्ध छ । 

    यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत समेत लिन सकिन्छ । 

     

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १६:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij