Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

बंगालको खाडीको न्यूनचापीय प्रणालीले नेपालमा असर नगर्ने

बंगालको खाडीको न्यूनचापीय प्रणालीले नेपालमा असर नगर्ने


  • 281
    Shares

    • images
    बंगालको खाडीको न्यूनचापीय प्रणालीले नेपालमा असर नगर्ने

    काठमाडौं ।  नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । 

    बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भएपनि त्यसले नेपालमा असर नगर्ने बताएका हुन् । हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको उनले जानकारी दिएका छन् । 

    विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उनको भनाई छ । यसको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पर्ने अवस्था देखिए विभागले आवश्यक जानकारी गराउने उनले बताएका छन्। उनकाअनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन ।

    उनले आईतवार भने मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताएका छनु् । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको उनको भनाई छ । दुई प्रदेशका धेरै स्थानमा वर्षा हुनसक्ने भएपनि भारी वर्षाको सम्भावना भने नरहेको उनले बताएका छन् । 

    उनकाअनुसार गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुनसक्ने विभागको अनुमान छ । 

    आईतवार बेलुकादेखि पश्चिमी न्युनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमशः घट्ने उनले जानकारी दिएका छन् । आगामी दुई दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उनले बताएका छन् ।

    आईतवार दिउँसोतिर हुने वर्षाले काटेर राखिएको धानमा असर पार्नसक्ने भएपनि खेतमै रहेको नकाटिएको धानबालीमा भने असर नपार्ने उनले बर्ताका छन्। कृषि तथा अन्य व्यावसायिक गतिविधिको कार्यतालिका बनाउनुअघि आगामी दिनको मौसमबारे जानकारी लिनु उपयुक्त हुने उनको सुझाव छ । 

     

     

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १३:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij