Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले सम्झिए जीवन दर्शन

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले सम्झिए जीवन दर्शन


  • 337
    Shares

    • images
    छठको शुभकामना दिँदै प्रधानमन्त्रीले सम्झिए जीवन दर्शन

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउने बताएका छन्।

    छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने बताएका हुन्।

    उनले छठले प्रकृतिप्रतिको कृतज्ञताको भावना विकास गराउने उल्लेख गरेका छन्।

    प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको पनि आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

    सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै उनले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

    साथै उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा रहिरहोस् भन्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई छठ पर्वको शुभकामना दिएका छन्।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १०:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij