Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु

पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु


  • 729
    Shares

    • images
    पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु

    काठमाडौं । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

    मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरी रहेका छन्। उनको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

    इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो।

    प्रहरीका अनुसार शनिबार दिउँसो राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए।

    घटनापछि फरार भएका कार्कीलाई प्रहरीले खोजतलासका क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो।

    गम्भीर घाइते चौधरीलाई सुरुमा लमही अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो।

    घटनामा संलग्न आरोपित कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।  

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - ०९:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij