Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने


  • 379
    Shares

    • images
    जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

    काठमाडौं । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भएको छ।

    भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’का अनुसार भारतीय रेल्वे मन्त्रालयले शनिबार नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको हो। करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ।

    उक्त रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ। रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछ।

    मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने गरी सेवा सञ्चालन गरिनेछ।

    मन्त्रालयले जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा उल्लेख गर्दै यी दुई धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थानलाई रेलमार्गबाट जोड्न लागिएको जनाएको छ।

    भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ रेल सेवाले दुवै देशका नागरिक तथा धार्मिक पर्यटकबीचको आवागमनलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।

    यसअघि गत जुनमा पनि भारत र नेपालबीच जनकपुर–अयोध्या रेल सम्पर्क विस्तार तथा सीमापार यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको ‘द हिन्दू’ले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - ०९:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij