Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक बनेको आरोपमा थारूविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक बनेको आरोपमा थारूविरुद्ध मुद्दा


  • 344
    Shares

    • images
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक बनेको आरोपमा थारूविरुद्ध मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा मोरङका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले मोरङको ग्रामथान गाउँपालिका–५ स्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयमा कार्यरत निम्न माध्यमिक तहका गणित विषयका राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार थारूले २०६३ असार १५ गतेदेखि विद्यालयमा नियुक्ति लिन भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी भएको भनिएको आईएस्सी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ।

    उक्त प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरेको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

    आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सार्वजनिक पदमा नियुक्ति लिएको विषयलाई भ्रष्टाचारजन्य कसुरका रूपमा अघि बढाएको हो। अब यस मुद्दामा विशेष अदालतबाट कानुनी प्रक्रिया अघि बढ्नेछ।

     

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १५:०२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij