Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

मकवानपुर दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुर दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका अवधेश अस्पताल भर्ना


  • 274
    Shares

    • images
    मकवानपुर दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका अवधेश अस्पताल भर्ना

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैँ बिरामी परेका छन्। घटनापछि मानसिक रूपमा विक्षिप्त बनेका उनको रक्तचाप घटेपछि स्वास्थ्यमा समस्या देखिएको हो।  

    यादवलाई हेटौंडा अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ। उनले दुर्घटनामा गर्भवती श्रीमती पुनमदेवी यादव, तीन छोरी र दुई भाइ गुमाएका छन्।

    दुर्घटनामा ३५ वर्षीया श्रीमती पुनमदेवी, १० वर्षीया अनुकुमारी, ७ वर्षीया दीक्षा र ५ वर्षीया दीपिकाको मृत्यु भएको हो। त्यस्तै उनका २६ वर्षीय भाइ विकेश र २४ वर्षीय भाइ सुबोधको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका डेढ वर्षीय छोरा सुदीपको भने काठमाडौंमा उपचार भइरहेको छ।

    यादवको परिवार छठ पर्व मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरस्थित घर फर्कंदै थियो। गाडीमा सिट नपाएपछि अवधेश परिवारसँगै यात्रा नगरी अर्को दिन आउने भन्दै डेरामै रोकिएका थिए।  

    बिहान दुर्घटनाको खबर पाएपछि हतारिँदै हेटौंडा पुगेका उनले परिवारका सदस्यहरूमध्ये डेढ वर्षीय छोरा मात्रै जीवित रहेको थाहा पाएका थिए। उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।  

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १३:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij