Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

मोरङ केराबारीको जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

मोरङ केराबारीको जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला


  • 309
    Shares

    • images
    मोरङ केराबारीको जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

    काठमाडौं । मोरङ केराबारीको जङ्गलमा महिलाको शव फेला परेको छ । केराबारी गाउँपालिका-२ फैबामा जंगलभित्र पार्वती लिम्बूको शव फेला परेको हो ।

    जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको बताए । शरीरको कम्मरमुनिको भागमा कपडा छैन । तर, शरीरमा बाहिरी चोटपटक नदेखिएको एसपी कटवालको भनाइ छ । घटनास्थलमा कुनै शंकास्पद वस्तु पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

    पार्वती र पतिबीच पटकपटक विवाद र झगडा हुने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । यद्यपि, घटनासँग उक्त विवादको सम्बन्ध रहे नरहेको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक जाँचका लागि चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - ११:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij