Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट

तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट


  • 407
    Shares

    • images
    तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट

    काठमाडौं । तिहार बिदापछि खुलेको पहिलो कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो ।

    महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ । तिहारअघिको कारोबार दिन सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, प्रति १० ग्राम सुनको मूल्यमा पनि ९ हजार ६८५ रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक २२ गते १० ग्राम सुन २ लाख ४२ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

    सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँमा झरेको महासंघले जनाएको छ  ।

    तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा गिरावटको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।  

     

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - ११:०५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij