२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारमा शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
साथै, चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार २६७ रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij