२०८३ कार्तिक २७ गते शुक्रवार
कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । नगरपालिकाले पूर्वनगर प्रमुख (पूर्वमेयर) रामदास गुप्ताको निधनमा शुक्रबार (कात्तिक २७) शोक बिदा दिएको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।
बिहीबार उनले सार्वजनिक सूचना जारी गरेर शुक्रबार शोक बिदा दिएको जानकारी दिएका हुन् ।
‘यस कपिलवस्तु नगरपालिकाका पुर्व नगर प्रमुख आदरणीय रामदास गुप्ताज्यूको असामयिक निधनले यस कपिलबस्तु नगरपालिका परिवार अत्यन्त मर्माहत भएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौँ,’ उनले जारी गरेको सूचनामा उल्लेख छ, ‘यस नगरपालिकाको मिति २०८३ कात्तिक २६ गतेको निर्णय बमोजिम कपिलवस्तु नगरपालिकाका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अति आवश्यक सेवा बाहेक), शिक्षण संस्थाहरुमा (सामुदायिक, संस्थागत तथा धार्मिक) मिति २०८३ कात्तिक २७ गते (१ दिन) शोक बिदा दिइएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij