२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन शनिबार जनकपुरधाम जाने भएका छन् । पत्नी निकिता पौडेलसहित सपरिवार छठ पूजामा सहभागी हुन उनीहरू जनकपुरधाम जान लागेका हुन् ।
धार्मिक यात्राका क्रममा रविकी पत्नी निकिताले गंगासागरमा विशेष पूजा गर्ने सचिवालय सदस्य एवं जनकपुर–३ बाट निर्वाचित सांसद मनिष झाले जानकारी दिए । तीन दिने बसाइका क्रममा रवि दम्पती एक सर्वसाधारणको घरमा बस्ने झाले जानकारी दिए ।
झाका अनुसार यात्राका क्रममा भेटघाटबाहेक राजनीतिक कार्यक्रम खासै छैनन् । सकेसम्म छठ आयोजना हुने धेरैभन्दा धेरै पोखरीमा सभापतिलाई पुर्याउने तथा मानिसहरूसँग भेटघाट गराउने प्रयास हुने उनको भनाइ छ । विगतमा भएका भिडभाडलाई मध्यनजर गर्दै रविको भ्रमण सकेसम्म भिड नहुने समयमा हुने झाले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij