२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ ।
वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij