Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

भीमफेदी दुर्घटना : झाडीमा भेटिए घाइते बालक

भीमफेदी दुर्घटना : झाडीमा भेटिए घाइते बालक


  • 316
    Shares

    भीमफेदी दुर्घटना : झाडीमा भेटिए घाइते बालक
    images

    काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी हालसम्म १० जनाको मृत्यु भएको छ ।

    सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलनजिकैको झाडीमा घाइते अवस्थामा एक बालक फेला परेका छन् । उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

    यसअघि दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धार गरिएको थियो । थप एक बालक फेला परेसँगै घाइतेको संख्या ६ पुगेको हो । दुर्घटनामा मृत्यु भएका १० जनाको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।   

    प्रहरीका अनुसार बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । उक्त गाडीमा १५ जना सवार रहेको बताइएको छ ।

    दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो ।

    घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ ।  

    भीमफेदी दुर्घटना

     

     

     

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - ११:०८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij