Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

टोपबहादुर रायमाझी रिहा भएपछि सरकारमाथि खनिए ज्ञानेन्द्र शाही

टोपबहादुर रायमाझी रिहा भएपछि सरकारमाथि खनिए ज्ञानेन्द्र शाही


  • 295
    Shares

    टोपबहादुर रायमाझी रिहा भएपछि सरकारमाथि खनिए ज्ञानेन्द्र शाही
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी प्रकरणका आरोपितहरू रिहा हुँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

    शाहीले भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ मुद्दा अदालतसम्म पुर्‍याउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण गरेर सत्तामा पुगेका नेताहरूले समेत यस प्रकरणको अनुसन्धानलाई अगाडि बढाउन नसकेको टिप्पणी गरेका छन् ।

    उनले नयाँ सरकार गठन भएको सात महिना र त्यसअघिको सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्‍याउन नसकेको बताएका छन् ।

    शाहीले विगतको सरकारले कारबाही गरी जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत रिहा भइसकेको उल्लेख गर्दै थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्दै प्रश्न गरेका छन् ।

    ‘नयाँ फाइल किन तयार भएन ? दोषीमाथि थप कारबाही किन भएन ?’ उनले प्रश्न गरेका छन् ।

    भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी पनि आज रिहा भएका थिए ।

     

     

     

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १०:५९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij