Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

सुतिरहेका परिवारमाथि हँसिया प्रहार, एक महिलाको मृत्यु

सुतिरहेका परिवारमाथि हँसिया प्रहार, एक महिलाको मृत्यु


  • 526
    Shares

    सुतिरहेका परिवारमाथि हँसिया प्रहार, एक महिलाको मृत्यु
    images

    काठमाडौं । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिले सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    आइतबार बिहान स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले चन्द्रबहादुर पुनको परिवारमाथि अन्धाधुन्ध हँसिया प्रहार गरेका थिए । घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बीमा पुनमगरको मृत्यु भएको वडाध्यक्ष केहेरसिंह कठायतले पुष्टि गरेका छन् ।

    घटनामा चन्द्रबहादुरकी २५ वर्षीया भाइबुहारी महेसरा पुन, २० वर्षीया छोरी लक्ष्मी पुन र २३ वर्षीया छोरी तिला पुनमगर घाइते भएका छन् । तिलाकी चार महिनाकी छोरीमाथि समेत हतियार प्रहार भएको बताइएको छ ।

    हँसिया प्रहारबाट महेसराका दुवै हत्केला गम्भीर रूपमा क्षतिग्रस्त भएको वडाध्यक्ष कठायतले जानकारी दिएका छन् । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा उपचारका लागि लगिएको छ । तर, त्यहाँ गम्भीर प्रकृतिका घाइतेको उपचार सम्भव नभएपछि उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी गरिएको छ ।

    प्रक्रियागत समस्याका कारण उद्धारमा ढिलाइ भएको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका सुशील रावतले बताए ।

    घटनापछि प्रहरीले आक्रमणमा संलग्न रावललाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक जानकारीअनुसार पीडित परिवार र रावलबीच कुनै ठूलो विवाद नरहेको स्थानीयले बताएका छन् । रावलको मानसिक अवस्था ठीक नभएको भन्ने स्थानीय भनाइ रहे पनि यसबारे अनुसन्धानबाट थप तथ्य खुल्ने वडाध्यक्ष कठायतले बताएका छन् ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - ११:२६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij