Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता,पुलको पर्खाइमा भरवालियाका स्थानीय

पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता,पुलको पर्खाइमा भरवालियाका स्थानीय


  • 218
    Shares

    पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता,पुलको पर्खाइमा भरवालियाका स्थानीय
    images

    काठमाडौं । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभुत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

    नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडिमा गएपनि डेढदेखि २ घण्टा टाढाबाट घुम्नुपर्ने वाध्यता रहेको छ । नदीको वारी र पारी रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत धेरै नै समस्या हुने गरेको छ । 

    गाउँमा सडक, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यजस्ता आधारभुत सुविधाको सहज पहुँचसमेत नपुगेको स्थानीयको गुनासो छ । स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान, बेचन हरिजनले वर्षौंदेखि आफूहरूले दुःख भोग्दै आएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको बताउनु भयो ।उनीहरूकाअनुसार गाउँमा न सिधा सडक छ, न सहज आवागमनको व्यवस्था,शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको छ ।

    स्थानीयकाअनुसार विसं २०३२ मा बाढी पसेपछि एउटा गाउँ खोला वारी र पारी छुट्टाएको हो । गाउँ विस्थापित हुँदा बस्तीलाई पुरानो स्थानबाट करिव एक किलोमिटर टाढा सार्नुपरेको थियो । त्यसपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले गाउँलेको जनजीवन सहज हुन सकेको छैन ।

    विसं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले ५ जनाको मृत्यु भयो भने ठूलो क्षति पु¥याएको स्थानीयले स्मरण गरेका छन् । आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा पीडा भोग्नुपरेको तथा परिवारका सदस्यसमेत गुमाउनुपरेको उहाँहरूको भनाइ छ । विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफूहरूको अवस्था बुझ्न तथा समस्या समाधान गर्न कोही नफर्किएको स्थानीयको गुनासो छ । 

    तिनाउ दानव नदीमा एउटा झोलुङ्गे पुल भएपनि त्यसबाट सवारीसाधन लैजान सकिने अवस्था छैन । त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ । खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ । बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ । 

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - ११:०१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij