२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन प्रहरीको भनाइ छ ।
पहिरोका कारण राजमार्गमा सवारीसाधन रोकिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij