Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

दैलेखमा एकै परिवारमाथि धारिलो हतियार प्रहार, चार जना घाइते

दैलेखमा एकै परिवारमाथि धारिलो हतियार प्रहार, चार जना घाइते


  • 232
    Shares

    दैलेखमा एकै परिवारमाथि धारिलो हतियार प्रहार, चार जना घाइते
    images

    काठमाडौं ।  पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार जना घाइते भएका छन्। घरमै प्रवेश गरेर एक व्यक्तिले अन्धाधुन्ध हतियार प्रहार गर्दा उनीहरू घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आज बिहान करिब ५ बजे स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावलले चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका थिए।

    आक्रमणमा चन्द्रबहादुरकी श्रीमती बिमा, २५ वर्षीया भाइबुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर घाइते भएका छन्।

    प्रहरीका अनुसार बिमाको टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने महेसराका दुवै हत्केला छिनिएका छन्। उनीहरू दुवैको अवस्था गम्भीर रहेको छ। अन्य दुई घाइते लक्ष्मी र तिलाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।

    घाइते चारै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न बमबहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

     

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १०:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij