Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

सशस्त्रका तालिमप्राप्त कुकुरको सीप प्रदर्शनसँगै मनाइयो कुकुर तिहार (तस्बिरहरू)

सशस्त्रका तालिमप्राप्त कुकुरको सीप प्रदर्शनसँगै मनाइयो कुकुर तिहार (तस्बिरहरू)


  • 309
    Shares

    सशस्त्रका तालिमप्राप्त कुकुरको सीप प्रदर्शनसँगै मनाइयो कुकुर तिहार (तस्बिरहरू)
    images

    काठमाडौं । यमपञ्चकअन्तर्गत आइतबार कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

    कार्यक्रममा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धारलगायतका सीप प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने कुकुर, अपराधीको खोजीमा प्रयोग गरिने ट्र्याकर डग तथा विपद्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोजी गर्ने कुकुरले आफ्नो क्षमता देखाएका थिए।

    डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू सुरक्षा चुनौती तथा प्राकृतिक विपद्का समयमा महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पदेखि पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोजस्ता विपद्मा समेत उनीहरूलाई खोज तथा उद्धार कार्यमा खटाइएको थियो।

    भोटेकोशी विपद्का क्रममा तीनवटा तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। कठिन भौगोलिक अवस्था, हिलो तथा मानिस पुग्न नसक्ने स्थानमा खोजी गर्ने क्रममा ती कुकुरले २० वटा शव फेला पार्न सहयोग गरेको थापाले जानकारी दिए।

    कार्यक्रमको अन्त्यमा कुकुरहरूको पूजा गरी टीका र माला लगाइदिने तथा मिठा खानेकुरा खुवाइएको थियो। अपराध अनुसन्धान, सुरक्षा व्यवस्था र विपद्का बेला खोज तथा उद्धारमा महत्वपूर्ण योगदान पुर्‍याउने कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरीले कुकुर तिहार मनाएको हो।

    kukur-tihar-apf--3201_qHltcm18m0-Photoroom.png

    kukur-tihar-apf--3207_Gs5VTZA497-Photoroom.png

    kukur-tihar-apf--3215_Ak8u5MFuJy-Photoroom.png

    kukur-tihar-apf--3217_pn6olXVbT7-Photoroom.png

     

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १०:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij