Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

काठमाडौंका ३३ स्थानमा स्वदेशी फूल बिक्री सुरु, बिहानैदेखि किन्नेको भीड

काठमाडौंका ३३ स्थानमा स्वदेशी फूल बिक्री सुरु, बिहानैदेखि किन्नेको भीड


  • 330
    Shares

    काठमाडौंका ३३ स्थानमा स्वदेशी फूल बिक्री सुरु, बिहानैदेखि किन्नेको भीड
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु भएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले निर्धारण गरेका स्थानमा किसान तथा व्यापारीले फूल बिक्री गर्न थालेका हुन्।

    तोकिएका बिक्री केन्द्रमध्ये स्वयम्भू भगवानपाउ क्षेत्रमा बिहानैदेखि फूल किन्ने र बेच्नेको भीड लागेको छ। तिहारलाई लक्षित गरी स्वदेशी फूलको बजार व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न स्थानमा बिक्रीको व्यवस्था मिलाएको हो।

    महानगरपालिकाले प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण प्रतिबन्ध रहेको जनाएको छ। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) अनुसार प्लास्टिकजन्य माला तथा पुष्पगुच्छामा रोक लगाएको व्यवस्थालाई कार्यान्वयन गर्न महानगरले पनि विगतदेखि नै यस्तो प्रतिबन्ध लगाउँदै आएको छ।

    स्वदेशमै उत्पादित फूलको माग बढाउने, नेपाली किसानको उत्पादनलाई बजार सुनिश्चित गर्ने र किसानलाई बिचौलियाबिना उपभोक्तासम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले बिक्री केन्द्र तोकिएको महानगरपालिकाले जनाएको छ। यस व्यवस्थाले स्वदेशी फूल उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - ०९:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij