२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
यस्तै मौसम महाशाखाले आजदेखि ५ दिनसम्मको मौसम प्रक्षेपण जारी गरेको छ।
जुन यसप्रकार छ:
२०८३ कार्तिक २२ गते (आइतबार)
दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
२०८३ कार्तिक २३ गते (सोमबार)
दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
२०८३ कार्तिक २४ गते (मंगलबार)
दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
२०८३ कार्तिक २५ गते (बुधबार)
कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
२०८३ कार्तिक २६ गते (बिहीबार)
देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij